सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

कांग्रेस केन्द्रीय समिति बैठक फागुन ३ मा

प्रकाशित समय: आइतवार, ०५ : २६ बजे माघ २८ गते



कांग्रेस केन्द्रीय समिति बैठक फागुन ३ मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फागुन ३ गते बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० फाल्गुण ३ गते बिहीबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ ।

 

‘आगामी फाल्गुण ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा केन्द्रित रहने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’ मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।