सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २९ श्रावण २०७७ / Thursday, 13 August 2020

कांग्रेसले भन्यो, हामी सरकारमा जादैनौं


प्रकाशित समय: मगलवार, ०८ : ४५ बजे असार २३ गते



कांग्रेसले भन्यो, हामी सरकारमा जादैनौं

काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेट अनुरुप पार्टी सत्तामा नजाने प्रष्ट पारेको छ । केही दिनदेखि सञ्चार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा जान नेपाली कांग्रेसले कुराकानी गरिरहेको समाचार आएपछि कांग्रेस बोल्न बाध्य भएको हो ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार १७ गते आफूलाई बोलाएर एमसीसी संसदबाट पास गर्ने कुरा गरेको पर्सिपल्ट संसद बन्द गरेर आफूलाई प्रधानमन्त्रीले धोका दिएको बताएका छन् । नेकपाको आन्तरिक विवादमा हामी कतै संलग्न हुदैनौं देउवाको भनाई थियो ।

 

त्यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अरू नेताहरूले पनि कांग्रेस नेताहरूलाई भेटेको भन्दै प्रवक्ता शर्माले नेकपाको आन्तरिक द्वन्दमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो भन्ने भ्रम नछर्न आग्रह गरेका थिए । ‘उहाँहरू आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा पुग्नुभएको छ जस्तो छ हामीलाई लाग्दैन’ भनेका छन् ।

 

अहिले सरकारमा जानेबारे कुनै प्रश्ताव नआएको र त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने प्रवक्ता शर्माले बताए । तर जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कांग्रेस प्रतिपक्षमा बस्ने उनले प्रष्ट पारे । शर्माले भने, ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला, मन्त्रालय चलाउने गरी टेक्दैनौं’ शर्माले प्रष्ट पारेका छन् । उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई समेत आग्रह गरेका थिए ।

 

पार्टी सभापति देउवाले गत असार १७ गते साँझ प्रधानमन्त्रीलाई र २१ गते आइतवार विहान नेकपा संसदीय दलका उप नेता सुवाष नेम्बांगलाई भेटेको कुरालाई अनेकौं अर्थ लगाएर समाचा आएको थियो । त्यस्तै संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई कांग्रेसको बैठकले गम्भीरतापूर्वक लिएको बताउँदै संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरु विचारधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालु बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।

 

यसै गरी, राजधानी लगायत विभिन्न ठाउँमा आन्दोलनरत आम नागरिक, पत्रकार, विद्यार्थी, कर्मचारी, यातायात व्यवसायी, ट्याक्सी चालक, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न संस्था र समुदायले राखेका मागहरु तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउदै कोरोनाको संंक्रमण रोक्न सरकारले प्रभावकारी काम गरोस् भन्ने माग राखी केही दिनदेखि अनसनमा बसेका अनसनकारीहरुको मागप्रति गम्भीर हुन सरकारलाई कांग्रेसले सचेत गराएको छ ।

यसअघि ७७ जिल्ला र ३५ वटा प्रवास समितिले दिएको ज्ञापनपत्रतर्फ सरकारको गम्भिर ध्यान जान आवस्याक छ कांग्रेसको निर्णयमा भनिएको छ ।