सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

नेपाली काँग्रेस ललितपुरद्वारा क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय


प्रकाशित समय: आइतवार, ०५ : ०९ बजे श्रावण ४ गते



नेपाली काँग्रेस ललितपुरद्वारा क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय

ललितपुर, नेपाली काङ्ग्रेस ललितपुरले क्रियाशील सदस्यता वितरण र नविकरण कार्यलाई अघि बढाउने भएको छ। करिब ६ महिनापछि वीपी स्मृति भवन ललितपुर नखिपोटमा बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाली कांग्रेसले आगामी ७ गतेदेखि १० गतेसम्मका लागि पूर्वनिर्धारित समयमा पार्टीको १४अाै महाधिवेशन गर्ने निर्णय भएसँगै नेपाली काङ्ग्रेस ललितपुरले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यालय अगाडि बढाउने निर्णय गरेको हो।

 

ललितपुरमा कांग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजन सकिसकेको छ। सङ्घीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३, प्रदेश सभा निर्वाचन क्षेत्र ६,महानगरपालिका १ (२९), नगरपालिका २ (१४/१०), गाउँपालिका ३ (७/६/५),वडा ७१ समितिहरु रहेका छन्।

 

टोल,वडा,गाउँपालिका,नगरपालिका,महानगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सङ्घीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजन सकिसकेको नेपाली काँग्रेस ललितपुरका जिल्ला सचिव भीमसेन घिमिरेले बताए।

 

जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार पहिलो चरणमा वडा कार्यसमितिले धारा ४ (३) बमाजिमको योग्यता पुगेको क्रियाशिल सदस्यको सदस्यता नवीकरण गर्न गाउँपालिका/नगरपालिका कार्यसमितिमा सिफारिस गरि पठाउनेछ । वडा एकाईको पूर्ण बैठकले क्रियाशील सदस्यता नविकरणका लागि गाउँपालिका, नगरसमिती, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति हुँदै जिल्ला कार्य समितिमा सिफारिस गरी पठाउनु पर्नेछ।

 

विधानअनुसार क्रियाशील सदस्यता नवीकरणकालागि वडामा आवेदन गरेको बढीमा एक महिना भित्र जिल्ला समितिले निर्णय गरि सक्नु पर्नेछ । गाउँले इकाईले सिफारिस गरी पठाएको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न भए आइसकेपछि नवीकरण भएको संख्याको ५० प्रतिशत विधानको धारा ४ (३) बमोजिम क्रियाशील सदस्यता पाउन योग्य भएमा नयाँ क्रियाशील सदस्यता वितरणका लागि क्रियाशील सदस्यता फारम उपलब्ध हुने छ।

 

बैठकले नेपाली काँग्रेस ललितपुरका पूर्व जिल्ला सहसचिव दिलिप कर्माचार्यको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समबेदना प्रकट गरेको छ ।