सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

गोदावरी नगरपालिकाका ११ घर पहिरोको जोखिममा


प्रकाशित समय: आइतवार, ०६ : ४४ बजे श्रावण ४ गते



गोदावरी नगरपालिकाका ११ घर पहिरोको जोखिममा

ललितपुर,अबिरल वर्षाका कारण गोदावरी नगरपालिका एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ। गोदावरी नगरपालिका वडा नं १३ झरुवारासीमा रहेको बाेहाेराथाेकका ११ घर धुरि पहिरोको जोखिममा परेका हुन्।

 

लगातार परेकाे पानीका कारण वडाका शम्भु नेपाली,अनिल नेपाली,राजेन्द्र खड्का, नकुल खड्का,चिरन खड्का,राजन खड्का, मनिराज खड्का, रामशरण कार्की लगायतका एघार घर पहिराेकाे जोखिममा रहेका छन् । लगातार परेको वर्षाका कारण उक्त बस्तीमा करिब ७० मिटर जमिनमा धाजा फाटेर चिरा परेकाे छ। उक्त स्थानमा अहिले वर्षाको भेल राेक्न वडाको सहयोगमा प्लास्टिक बिच्छ्याइएको छ ।

 

पहिरो जाने डरले रातभरी निन्द्रा लाग्दैन। घरको आगनमा जमिन धसिएको छ।कसरी निदाउने ? आँखाभरी आँशु पार्दै स्थानीय रामशरण कार्कीले भने । उनले स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो पोखे।

 

स्थानीय रामशरण कार्की, शम्भु नेपाली,अनिल नेपाली सहित दलित बस्ती उच्च जोखिममा रहेको नवदुर्गा टोल सुधार समितिका सचिव विरेश खड्काले जानकारी दिए ।

 

यसरी निरन्तर वर्षा भइरहे अझ जोखिम बढ्ने र पहिरो जाने खतरा बढेको स्थानीय समाजसेवी केशव के.सी.ले जानकारी दिए । भिरालो जमिन भएका कारण उक्त स्थानमा केही वर्षदेखि लगातार स साना पहिरो गएको केसीले बताए।

 

वडाअध्यक्ष भाष्कर थापाले पहिरो रोकथामका लागि सक्दो पहल गर्ने जानकारी दिए । उक्त स्थानमा सम्भावित दुर्घटनाबाट जोगिन तत्कालै पहिरो रोकथाम, भुक्षय रोकथाम जस्ता क्रियाकलाप गर्नुपर्ने देखिन्छ।