सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० जेठ २०८१ / Thursday, 23 May 2024

गोदावरी मेयर कप फुटबल प्रतियोगिताको मिति सर्‍यो, वैशाख १५ गतेदेखि हुने



प्रकाशित समय: बिहिवार, १० : ४४ बजे चैत्र २२ गते



गोदावरी मेयर कप फुटबल प्रतियोगिताको मिति सर्‍यो, वैशाख १५ गतेदेखि हुने

ललितपुर, प्रथम उपत्यका व्यापी अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको मिति सरेको छ । गोदावरी नगरपालिकाको आयोजनामा नगरको खेलमैदान टाखेलमा हुन लागेको उपत्यका व्यापी फुटबल प्रतियोगिताको मिति २० दिन पछि धकेलिएको हो ।

चैत्र २६ देखि चापागाउँ स्थित टाखेल खेलमैदानमा हुने भनिएको प्रतियोगिता २०८१ वैशाख १५ गते बाट सुरु हुने आयोजकले जनाएको छ।

उपत्यकाका केही पालिकाहरूको खेलाडी छनोट प्रक्रिया अझै बाँकी रहेकाले प्रतियोगिता सार्न आग्रह गरे बमोजिम प्रतियोगिता सारिएको गोदावरी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष एवं खेलकुद संयोजक निरज बज्राचार्यले बताए। 

 

प्रतियोगितामा उपत्यकाका१८ वटै पालिकाबाट पालिका स्तरीय फुटबल टिम सहभागि हुने आयोजकले जनाएको छ । 

 

प्रतियोगिताको मिति केही पर सरेको भएपनि आन्तरिक तयारी अन्तिम चरणमा पुगेको संयोजक बज्राचार्यले बताए।