सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १५ बैशाख २०८२ / Monday, 28 April 2025

विद्यालय स्तरीय २ दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न

प्रकाशित समय: शुक्रवार, ०७ : ११ बजे चैत्र २३ गते



विद्यालय स्तरीय २ दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न

ललितपुर, गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा आयोजित २ दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ। 

 

चैत्र २२ गतेबाट सुरु भएको तालिममा गोदावरी नगरपालिका भित्रका २१ विद्यालयका २३ जना शिक्षक शिक्षिका सहभागिता रहेको थियो।

शैक्षिक उन्नयन तथा पुस्तकालय व्यवस्थापन तालिममा रिड नेपालका एल. बि. भण्डारीले प्रशिक्षण दिएका थिए। 

 

तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय उदय शम्शेर राणाले प्रमाणपत्र वितरण गरेका थिए। 

कार्यक्रममा मन्तव्य राख्दै माननीय उदय शम्शेर राणाले सामुदाय परिवर्तनका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताए । अध्ययन अनुसन्धानले मात्र सबै बिषयको समस्या सावधान हुने भएकोले विद्यालयमा मात्र हैन हरेक समुदायमा पनि पुस्तकालय आवश्यकता रहेको सांसद राणाको भनाइ थियो। 

 

कार्यक्रममा सामुदायिक विद्यालयलाई लक्षित गरी तालिमको आयोजना गरिएको पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष बशिष्ठ अधिकारीले जानकारी दिए।