सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

तरुण दलले बाल आश्रममा फलफुल,मास्क,स्यानीटाईजर वितरण गरि ३८ औ वी.पी स्मृति दिवस मनाउने


प्रकाशित समय: सोमवार, ०९ : १७ बजे श्रावण ५ गते



तरुण दलले बाल आश्रममा फलफुल,मास्क,स्यानीटाईजर वितरण गरि ३८ औ वी.पी स्मृति दिवस मनाउने

काठमाडाैं,नेपाल तरुण दल केन्द्रिय समितिले यहि साउन ६ गते देशभर कार्यक्रम गरी ३८ औ वी.पी स्मृति दिवस मनाउनको लागि ७७ वटै जिल्ला समितिहरुलाई परिपत्र गरिसकेको छ भने स्वयम नेपाल तरुण दल केन्द्रिय समितिले पनि एक कार्यक्रमको आयोजना गर्दै साउन ६ गते ३८ औ वी.पी स्मृति दिवस मनाउने तयारी गरेको छ ।

 

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले दिएको जानकारी अनुसार केन्द्रिय समितिले साउन ६ गते बाल आश्रममा फलफुल वितरणको साथै अहिले कोभिड-१९ लाई ध्यानमा राखी मास्क, स्यानीटाईजर लगायतका सामग्री समेत वितरण गर्ने तयारी गरिएको छ ।

 

अध्यक्ष बस्नेतको अनुसार उक्त दिन धेरै भिड नगरी सबै सुरक्षा अपनाई ३८ औ वी.पी स्मृति दिवसको अवसरमा उक्त कार्यक्रम सहि ढंगले सम्पन्न पार्ने बताएका छन् । यस्तै कार्यक्रम सक्दो छोटो र प्रभावकारी बनाउने र आफुहरुको प्रयासले बाल आश्रमका बालबालिकाहरुलाई केहि मदत पुग्ने बिश्वास आफुहरुले लिएको तरुण दल केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईंले बताएका छन् ।

 

कार्यक्रममा पूर्ण सतकर्ता अपनाइने समेत उनको भनाई रहेको छ । यस्तै तरुण दल केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङले भने देशभर साप्ताहिक कार्यक्रम गर्न निर्देशन दिइएको बताएका छन् ।

 

कोभिड-१९ को रोकथाम र यसको जनचेतनाको लागि नेपाल तरुण दल सधै अग्रसर भएर नै अगाडी बढेको समेत उनले बताए । नेपाल तरुण दलले हरेक बर्ष साउन ६ गते वी.पी स्मृति दिवस देशभर नै भब्य तरिकाले विभिन्न कार्यक्रम गरी मनाउदै आईरहेको छ ।