सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

गोदावरी नपाका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर नगदसहित रंगेहात अख्तियारद्वारा पक्राउ


प्रकाशित समय: सोमवार, ०३ : ४६ बजे श्रावण ५ गते



गोदावरी नपाका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर नगदसहित रंगेहात अख्तियारद्वारा पक्राउ

ललितपुर, ललितपुर जिल्ला गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव–इन्जिनियर घुससहित रंगेहात पक्राउ परेका छन्।

 

सोमबार बज्रबाराहीस्थित नगरपालिका कार्यालयबाट गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सव–इन्जिनियर किशोर कुमार मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। दुबैजनालाई कार्यकक्षबाटै नगदसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

 

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीकाअनुसार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।