सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

पार्टीलाई चलायमान बनाउदै काङ्ग्रेस रुपन्देही

प्रकाशित समय: सोमवार, ०५ : २६ बजे असार २५ गते



पार्टीलाई चलायमान बनाउदै काङ्ग्रेस रुपन्देही

भैरहवा,नेपाली काङ्ग्रेस रुपन्देहिले पार्टीलाई चलामान एबम गतिशील बनाउन विभिन्न कार्यक्रम सार्बजनिक गरेको छ ।

सोमबार जिल्ला पार्टी कार्यालय भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले किर्यासिल सदस्यको नबिकरण गर्ने देखि जिल्ला स्तरिय प्रशिक्षण गर्नेसम्मका निर्णय गरेको छ ।केन्द्रको परिपत्र अनुसार १४ औ  महाधिबेसन पछिको कृयासिल नवीकरण यहि साउन भित्र सक्ने गरि पालिका मार्फत सबै वडामा पठाउने र वडाहरुले साउन भित्रनै नवीकरण गरेर जिल्लामा पठाउनु पर्ने छ । पुरानो कृर्यासिल नवीकरणको आधरमा नयाँ कृर्यासिल सदस्याकोलागी सिफारिस गरिने नेपाली काङ्ग्रेस रुपन्देहिका सभापति रामकृष्ण खाणले जानकारी दिए । 

त्यस्तै साउन महिना भित्रनै जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । सदस्यहरुको क्षमता वृद्धिकालागी जिल्ला स्तरिय आबासिय प्रशिक्षण आयोजना गर्न लागिएको हो । बैठकले ४२ औ बिपि स्मृति दिवसको अबसरमा बृक्षा रोपण गर्ने निर्णय पनि गरेको छ । बिपि स्मृति दिवसको अबसरमा साउन ६ गते तिलोत्तम नगरपालिका ११ सुखौरा हरियाली सामुदायिक बनमा बिहान बृक्षारोपण गरिने काङ्ग्रेस रुपन्देहिका सचिव हरि काफ्लेले जानकारी दिए । त्यस्तै जिल्ला सदस्य स्वर्गीय अमर बहादुर चौधरिको नबौ पुण्य तिथिको दिन यहि असार २८ मा उनको निवास देवदह ११ सिक्टहनमा जिल्ला स्तरिय शोक सभाको आयोजना पनि गरिएको छ । पार्टिका सबै तह र तप्काका नेता कार्यकताहरुलाइ सबै कार्यक्रमहरुम सकृय सभागिता जनाउन समेत काङ्ग्रेस रुपन्देहिले आग्रह गरेको छ ।