सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १५ बैशाख २०८२ / Monday, 28 April 2025

केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड २०८१'बाट बज्रबाराही मावि सम्मानित

प्रकाशित समय: मगलवार, ०९ : ५० बजे श्रावण १ गते



केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड २०८१'बाट बज्रबाराही मावि सम्मानित

ललितपुर, ललितपुरको बज्रबाराही माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । 

 

केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा कक्षा १२ को बार्षिक परिक्षामा २ वटा सममुदायिक विद्यालयहरुको प्रदेशगत नतिजा अनुसार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले उत्कृष्ट ठहऱ्याएका १४ सामुदायिक विद्यालयहरु र शैक्षिक परिणाममा उत्कृष्ट रहेका २५ निजी तथा आवासीय विद्यालयहरुलाई सम्मान गर्नेमा "केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड २०८१" बाट बज्रबाराही माध्यमिक विद्यालय ललितपुरलाई सम्मान गरेको हो । 

 

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको कार्यक्रममा श्री बज्रबाराही माध्यमिक विद्यालय वागमती प्रदेशवाट उत्कृष्ट भएको घोषणा गर्दै सम्मान गरेको थियो।

उपत्यकाभित्रको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्ने बज्रबाराही माविमा अध्ययनरत विद्यार्थीको राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजाको आधारमा सम्मान गरेको आयोजक टिमले जानकारी दिएको छ । 

 

नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट शैक्षिक संस्थाहरूलाई पुरस्कृत गर्नेमा २०७५ सालमा देशैभरी बाट कक्षा १२ तर्फ सामुदायिक विद्यालयमा बज्रबाराही माध्यमिक विद्यालय ललितपुर तेस्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो। 

 

गोदावरी नगरपालिका वडा नम्बर ११ मा अवस्थित उत्कृष्ट शैक्षिक संस्थाको दर्जा कायम गर्न सफल बज्रबाराहीमा अहिले १४ सयको हाराहारिमा विद्यार्थी अध्ययनरत छन्। 

 

बज्र बाराही माविले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएकाले अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्न सफल सामुदायिक विद्यालय हो। 

कुशल एवं विषयमा पोख्त शिक्षक, अङ्ग्रेजी माध्यमबाट पठनपाठन,उत्कृष्ट विद्यालय व्यवस्थापन, भव्य एवं सुरक्षित भौतिक संरचना भएकाले पनि हरेक वर्ष हरेक विधामा उत्कृष्ट हुँदै आएको छ।