सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

प्रकाशित समय: बिहिवार, ०९ : ०५ बजे श्रावण ३ गते



ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

ललितपुर,ललितपुरको धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ। 

कला सांस्कृतिक संरक्षण ललितपुर को मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा साउन ११ देखि २६ सम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। 

सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा हुन लागेको सांस्कृतिक तथा व्यापारिक महोत्सवको सह आयोजक ललितपुर महानगरपालिका वडा नं २३ र २४ रहेको छ। 

 

महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत आकर्षण रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। 

 

महोत्सवमा साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले बताए। साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने आयोजकले जनायो। 

 

१५ दिनसम्म चल्ने सांस्कृतिक तथा व्यापार महोत्सवमा ललितपुरको पर्यटकीय विकास आन्तरिक व्यापार लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजक दीपक दाहालले जानकारी दिए। उक्त महोत्सवमा महोत्सव अवधिभर १ लाख भन्दा बढी दर्शकहरूले अवलोकन तथा मनोरञ्जन लिने अनुमान गरिएको छ।