सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

धापाखेल हुने सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी पुरा

प्रकाशित समय: बिहिवार, ०६ : १८ बजे श्रावण १० गते



धापाखेल हुने सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी पुरा

ललितपुर,ललितपुरको धापाखेलमा हुने सांस्कृतिक तथा व्यापार महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ। 

कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा भोलिबाट सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। 

 

जेम्स स्कुल अगाडि रहेको खुल्ला चौरमा १०० वटा भन्दा बढी व्यापारिक स्टल राखिएका छन्। ती स्टलहरूमा स्थानीय उत्पादन, मिठा मिठा खानेकुरा, हस्तकलाका सामग्री लगायत सामग्रीले सजाइएका छन्।

 

सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा हुन लागेको सांस्कृतिक तथा व्यापारिक महोत्सवमा रोटेपिङ ,मिकिमाउस,ड्राइगन,कोलम्बर्लस लगायत खेलकुदका लागि सम्पूर्ण मेसिनहरू जडान गरी तयारी गरिएको छ।

साउन २६ गतेसम्म हुने महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव हुनेछ। 

 

हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारबाट मनोरञ्जन हुने महोत्सवमा साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले बताए।

साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने छ।

 

१५ दिनसम्म चल्ने सांस्कृतिक तथा व्यापार महोत्सवमा उद्घाटनका दिन भोलि साउन ११ गते कलाकार रिता केसि र रमेश श्रेष्ठ (मेलोडी) प्रस्तुति रहनेछ। त्यस्तै साउन १२ गते गायिका प्रीति आले, गायकहरू रवि रिमाल, आयुष अधिकारी प्रतिक, एरिक विश्वकर्माको प्रस्तुति रहनेछ। उक्त दिन चर्चित गायिका सुजाता केसी र मेलोडी गायक रमेश श्रेष्ठको समेत प्रस्तुति रहनेछ।

 

साउन १३ गते गायक राजनराज शिवाकोटी, लोकदोहोरी गायिका प्रतिमा अर्याल, राम महत, हास्य कलाकार सुरेश तिमल्सिना, राजु तिमल्सिना र मेलोडी गायक रमेश श्रेष्ठको प्रस्तुति रहनेछ।