ललितपुर,नेपाली कांग्रेस ललितपुरले क्रियाशील सदस्यता वितरण सुरु गरेको छ। पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिएका सदस्यहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर ११ वडा समितिबाट सदस्यता वितरण कार्य सुरु गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव वशिष्ठकुमार अधिकारीले जानकारी दिए।
हाल उक्त वडा समितिमा ७० जनाले क्रियाशील सदस्यता प्रमाणपत्र प्राप्त गरेका छन्। नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले क्रियाशील सदस्यता प्रमाणपत्र वितरण गरेका हुन् ।
क्रियाशील सदस्यता वितरण कार्य क्रमिक रूपमा जिल्लाका ७१ वटै वडा समिति मार्फत पालिका, प्रदेश, क्षेत्र र जिल्लाको रोहोबरमा गरिनेछ।
नवीकरण गरेका क्रियाशील सदस्यहरूलाई क्रियाशील सदस्यता प्रमाणपत्र वितरण तथा नयाँ सदस्यहरूलाई आवेदन फारम खुल्ला गरिएको सचिव अधिकारीले बताए।
वितरण गरिएको क्रियाशील सदस्यता कार्डमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ। साथै क्युआर कोड मार्फत व्यक्तिगत विवरण हेर्न सकिने समेत व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनका लागि अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--