सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

श्री सन्तानेश्वर मन्दिर परिसरमा १०८ रुद्राक्षको विरुवा रोपियो


प्रकाशित समय: सोमवार, ०८ : ०० बजे श्रावण १९ गते



श्री सन्तानेश्वर मन्दिर परिसरमा १०८ रुद्राक्षको विरुवा रोपियो

ललितपुर, सन्तानेश्वर मन्दिर परिसरमा आज रुद्राक्षको १०८ बिरुवा वृक्षरोपण गरिएको छ। प्रत्येक वर्ष साउनको तेस्रो सोमबार वृक्षरोपण गर्दैआएको श्री सन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्द्धन सेवा संघले उक्त कार्यक्रमलाई यसबर्ष पनि जारी राखेको छ।

 

जस अन्तर्गत आज श्री सन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्धन सेवा संघ तथा झरुवारासी डाँडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सन्तानेश्वर मन्दिर परिसरमा रहेको सन्तानेश्वर रुद्राक्ष लक्ष्मी बाटिकामा रुद्राक्ष प्रजातिको १०८ बिरुवा वृक्षरोपण गरिएको हो। प्रत्येक वर्ष गरिदै आएको बृक्षरोपण कार्यक्रम यसवर्ष भने फरक ढंगले गरिएको छ।

 

यस वर्षको कार्यक्रममा १ सय ८ जनाले अाफुले रोपेको विरुवामा आफ्नो नामसहित लेखेर वृक्षरोपण गरेका छन्। अाफुले रोपेको विरुवामा नेमप्लेट समेत राखिएको छ।

 

श्री सन्तानेश्वर रुद्राक्ष बाटिकाका संयोजक सुदिप केसीका अनुसार १०८ जना अग्रज व्यक्ति संग प्रतिव्यक्ति २२ सय का दरले रकम संकलन गरिएको र सोही रकमबाट खाडल खन्ने, मल खरिद कार्य गरिएको बताए। रुद्राक्षको बिरुवा भने प्राकृतिक संरक्षण समाज काठमाडौंले उपलब्ध गराएको हो।

 

सन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्धन सेवा संघका अध्यक्ष विनोद खड्काका अनुसार धार्मिक हिसाबले महत्वपूर्ण रहेको मन्दिर परिसरका खाली स्थानमा वृक्षरोपण गरिएको बताए। उनले वृक्षारोपण कार्यक्रम अब केही वर्षमा सम्म मात्र चल्ने र बाँकी समय बिरुवा हुर्काउन र संरक्षणमा लगाइने बताए।

 

वृक्षरोपण कार्यक्रम ललितपुर क्षेत्र नं १ का माननीय सांसद सिलवालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सांसद सिलवालले आफ्नो नेमप्लेट रहेको स्थानमा रुद्राक्षको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए।

 

कार्यक्रममा प्रदेश सांसद सुशिला पुन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावरी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष भाष्कर थापा प्राकृतिक संरक्षण समाजका संरक्षक एवं पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल सामाजिक अभियान्ता पूर्व डिआइजी रमेश खरेल, , सव-डिभिजन वन कार्यालय बज्रबाराहीका सहायक वन अधिकृत पेमा थापा पनि आ-आफ्नो नेमप्लेट रहेको स्थानमा वृक्षरोपण गरेका थिए।

 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी एवं स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। मन्दिर परिसरमा जिल्ला वन कार्यालय ललितपुरको सहयोगमा केही हप्ता अगाडि विभिन्न प्रजातिका फलफूलका बिरुवा समेत लगाइएको थियो।