सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

ललितपुरमा नेकपाका उम्मेदवार सहित ४२ जना कांग्रेसमा प्रवेश, जिल्ला नेताहरुले गरे भब्य स्वागत


प्रकाशित समय: शुक्रवार, ०४ : ५६ बजे श्रावण २३ गते



ललितपुरमा नेकपाका उम्मेदवार सहित ४२ जना कांग्रेसमा प्रवेश, जिल्ला नेताहरुले गरे भब्य स्वागत

ललितपुर, ललितपुरको बागमती गाउँपालिकामा नेकपाका उमेरदारहरु नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट वडा अध्यक्ष उम्मेद्वार बनेका केदारमान भुलुन नयाँ शक्ति पार्टीबाट उमेरदार बनेका विरबहादुर थापा मगर पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

 

बागमती गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार लो सँग पराजित भएका तत्कालीन एमालेका वडा अध्यक्षका उमेदवार केदार मान भुलुनले २२९ मत प्राप्त गरेका थिए।

 

त्यस्तै नयाँ शक्तिबाट उमेदवार बनेका थापामगरले २० मत प्राप्त गरेका थिए।उनीहरु दुवैजना २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन माल्टा गाविसको वडा अध्यक्षमा निर्वाचित भएका थिए।

 

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि गाउँको विकास निर्माणमा ध्यान नदिएको, गाउँका कार्यकर्तालाई गुमराहमा राखेको, नवप्रवेशीको आरोप छ।

उनीहरुसँगै नेकपाका ४२ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

 

नवप्रवेशीलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउन र स्वागत गर्न नेपाली कांग्रेस ललितपुरका पार्टी सभापति मदन बहादुर अमात्य, पुर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, महासमिति सदस्य मीन कृष्ण महर्जन,बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उप प्रमुख रन्जना घिमिरे (तिमल्सिना) पूर्व जिल्ला सचिव रविन शर्मा, जिल्ला सदस्य राम कृष्ण हुमगाई, बागमती गाउँपालिका सभापति विष्णु तिमल्सिना, जिल्ला समन्वय सदस्य जयराम तिमल्सिना, तरुण दल ललितपुर १ अध्यक्ष कमल लो,ने.बि.संघ ललितपुर जिल्ला सचिब दिपक घिमिरेलगायतका नेता बागमती गाउँपालिका वडा नम्बर २ माल्टा पुगेका थिए।

उक्त कार्यक्रमको सभापतित्व बिजय कुमार लोले गरेका थिए।