सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु ःमेयर डंगोल

प्रकाशित समय: मगलवार, ०८ : २५ बजे मंसिर १८ गते



निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु  ःमेयर डंगोल

काठमाडौं,कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

शपथ ग्रहण पछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट काम सुरु गर्ने जानकारी दिए । 
उनले भने,‘मैले तपाईहरुसामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कार्यकालमा एकछिन पनि आराम नगरीकन,नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको विश्वास टुट्न दिने छैन् । पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट गर्ने छु ।’ 

मेयर कृष्णमान डंगोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । सोमबार राति सकिएको मतगणनामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।
यस्तै, एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले दुई हजार ३६ मत पाएका थिए  ।