सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ः अध्यक्ष बस्नेत

प्रकाशित समय: बुधवार, ०७ : ०५ बजे मंसिर १९ गते



बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ः अध्यक्ष बस्नेत

काठमाडौं । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताएका छन् । 
बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरु भित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्छ । यसमा हामीले अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरुभित्र भएको सबै कुराको पहिचान गर्न  आवश्यक छ । व्यक्तिहरुभित्र भएको सिप, क्षमताको  आधारमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

साथै, उनले पहिचानको कुरामा विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिले हाम्रो समाजमा अंग विहिन भएका मान्छेलाई मात्र अपाङ्गता भन्ने भाष्य रहेकाले माथिदेखी तलसम्म हातखुट्टा सबै ठिक जस्तो देखिने व्यक्ति अपाङ्ग होइन भन्ने खालको सोच हटाउन आवश्यक रहेको बताए ।