सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ११ जेठ २०८२ / Saturday, 24 May 2025

बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

प्रकाशित समय: शुक्रवार, ०२ : १० बजे फाल्गुन २ गते



बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

हेटौंडा । सातौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०८१  नहुने भएको छ । 

 

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताए । 

 

चैत १६ गतेदेखि नेपाल सुपर लिग एनएसएल लिगको तेस्रो संस्करण फुटबल प्रतियोगिता हुनेहुँदा गोल्डकप तत्काल हुन नसक्ने अवस्था रहेको अध्यक्ष लामाले जानकारी दिए ।

 

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाको दशैँवटा स्थानीय तहले गत वर्षको बजेट पनि निकासा नगरिदिएका कारणले गोलकप गराउन नसकेको अध्यक्ष लामाले बताए । 

 

उनले भने,‘गोल्डकप आयोजना गर्न सकेनौं । किनभने प्रदेश सरकार र स्थानीय तहले अनुरोध गरेअनुसार बजेट निकासा गरेनन् । त्यसैले यो वर्ष प्रतियोगिता आयोजना गर्न सकेनौं ।’

 

अध्यक्ष लामाले प्रतियोगिता आयोजना गर्दा घाटा हुन थालेपछि यस वर्ष मकवानपुर गोल्डकप स्थगित गरेको र मकवानपुर जिल्ला लिगलाई प्राथमिकता दिएको बताए ।