सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीको मनोबल बढाउने कार्य गर्न सरकारसँग तरुण दलको माग


प्रकाशित समय: सोमवार, ०७ : ३६ बजे भदौ ८ गते



स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीको मनोबल बढाउने कार्य गर्न सरकारसँग तरुण दलको माग

काठमाडौँ,स्वास्थ्यकर्मीलाई दुर्व्यवहार अपहेलना गरेको प्रति तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।तरुण दलले यस्तो विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रही जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा गरिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति उच्च सम्मान गरेको छ।

 

तरुण दलले विज्ञप्ति निकाल्दै अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवा सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन सरकारसँग जोडदार माग गरेको छ ।

 

तरुण दल का केन्द्रिय अध्यक्ष जितजंग बस्नेत द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि  जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ । साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।