सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ६ फाल्गुन २०८२ / Wednesday, 18 February 2026

चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आजबाट सुरु

प्रकाशित समय: शुक्रवार, ०२ : ५६ बजे फाल्गुन १६ गते



चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आजबाट सुरु

ललितपुर,चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ। 

 

कराते एकेडेमी हल सादोबाटो ललितपुरमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस बागमती प्रदेशका सभापति माननीय इन्द्रबहादुर बानियाँले गरेका हुन्। 

 

प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको सहभागिता रहने अध्यक्ष दीपक श्रेष्ठले बताए। 

 

कुमुतेमा महिलातर्फ ४५,५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजी माथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश हुने आयोजकले जनायो। 

टिम पहिलोले नगद रु १ लाख प्राप्त गर्नेछ भने द्वितीयले ५० हजार र तृतीय हुनेले रु २५००० नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन्। 

वेस्ट प्लेयर प्रतियोगि महिला पुरुष खेलाडी एकएक जनालाई जनही २५ हजारका दरले नगद पुरस्कार वितरण गरिने आयोजकले जनायो। 

 

जिल्ला प्रमुख ललितपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजन गोदावरी नगरपालिकाले गरेको छ। 

 

प्रतियोगिताको परिकल्पनाकार बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण

महर्जन हुन्।