ललितपुर, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले महाङ्काल गाउँपालिकामा चाँडै सुविधा सम्पन्न कबडहल निर्माण सुरु गरिने बताएका छन्।
गाउँपालिकाले आयोजना गरेको पालिकाको आठौं स्थापना दिवस तथा ११५औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री महर्जनले आफू खेलकुद ब्याकग्राउन्डबाट राजनीतिमा लागेर यो जिम्मेवारीमा पुगेकाले आफ्नो प्रमुख प्राथमिकता खेलकुद क्षेत्रको विकास नै रहेको उनले बताए।
सो क्रममा मन्त्री महर्जनले ललितपुर क्षेत्र नम्बर १ को समग्र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै नारी वर्गहरूलाई थप ऊर्जा र हौसलाका साथ अघि बढ्न अनुरोध गरिन्। उनले गाउँपालिकाको समग्र विकासमा आफ्नो तर्फबाट सबै सहयोग प्राप्त हुने बताइन्।
कार्यक्रमका अर्का अतिथि उर्मिला लामाले गत असोज ११ र १२ गते आएको वर्षा पछिको बाढी र पहिरोका कारण महाङकालमा भएका विकासहरु ध्वस्त भएको चित्रण गर्दै आफूले सदनमा कुरा उठाएको र पुनर्निर्माण कार्य अगाडि बढेको बताइन्।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले आफू महाङ्काल आउँदा हरेकपल्ट शुभ समाचार लिएर आउने गरेको भन्दै लेले-चन्दनपुर सडकको स्तरउन्नतिका लागि ठेक्का आह्वान भई काम अघि बढेको जानकारी दिए। प्रमुख फुयाँलले यस क्षेत्रको विकासमा आफ्नो तर्फबाट यथासक्य प्रयास गरिरहने बताए।
गाउँपालिका प्रमुख गणेशबहादुर केसीले विपदको समयमा सबैको सहयोगबाट मात्र चाँडै सडक पुननिर्माण सम्भव भएको बताए। प्रमुख केसीले पालिकाको हरेक विकासमा सबैको साथ र सहयोगको अपेक्षा गरे।
कार्यक्रममा गाउँपालिकाबाट विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तित्वहरू, संघसंस्था, पालिकाभित्र रहेका विद्यालयहरूबाट शैक्षिक क्षत्र २०८० मा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालय साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ