सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १ माघ २०८२ / Wednesday, 14 January 2026

कालेश्वर महादेव मन्दिर दर्शन गर्ने पैदल मार्ग अवरुद्ध हुने

प्रकाशित समय: बुधवार, ०४ : ०३ बजे चैत्र १२ गते



कालेश्वर महादेव मन्दिर दर्शन गर्ने पैदल मार्ग अवरुद्ध हुने

ललितपुर, महाङ्काल गाउँपालिकामा रहेको कालेश्वर महादेव मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरूलाई केही दिन समस्या हुने भएको छ। 

 

महाङ्काल गाउँपालिकाले मन्दिर दर्शन र अवलोकन गर्न जाने दर्शननार्थीहरूको सुविधाका लागि देउराली देखि मन्दिरसम्मको पैदल मार्ग सिडि बाटो ढलान गर्ने भएकोले पैदल मार्ग अवरुद्ध हुने बताएको छ। 

 

गाउँपालिकाले सूचना प्रकाशित गरी २०८१ चैत्र १४ गते देखी २०८१ चैत्र २१ गते सम्म कालेश्वर मन्दिर जाने खुड्किलो बाटो (देउराली देखी मन्दिर सम्म) ढलान कार्य हुने हुँदा उक्त अवधि भित्र दर्शनार्थीहरुको आवागमनमा पूर्ण रुपमा अवरुद्ध हुने जानकारी गराएको हो। 

 

वैकल्पिक पैदल मार्ग नभएकाले उक्त अवधिमा मन्दिर दर्शनको लागि पाल्नुहुने दर्शनार्थीलाई दर्शनको लागि यात्रा नगर्नुहुन अनुरोध समेत गरेको छ।