ललितपुर, ललितपुरको गोदावरी नगरपालिका -११ बज्रबाराहीमा नेपाल तरुण दलले दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउनु पर्ने मजदुरहरूलाई भोकै बस्नु नपरोस् भनेर फुड बैंक सञ्चालन गरेको छ। तर सातौं दिनमा यो अभियानलाई स्थानीय प्रशासनले रोक्ने, अवरोध सृजना गर्ने प्रयास गर्यो।
स्थानीय जनप्रतिनिधिको समन्वयमा पुनः फुड बैंक सञ्चालन भयो।
यसै सन्दर्भलाई आधार मानेर गोदावरी साहित्य परिषद् का अध्यक्ष वशिष्ठ अधिकारीद्धारा रचित रचना मार्फत सरकारलाई प्रश्न ?
"के गरिवको पेटलाई पनि निषेधित क्षेत्र तोक्न मिल्छ र सरकार ?"
हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ" रोक्न मिल्छ र सरकार ?
फूडबैंक खोल्नेहरुलाई पुलिस पठाएर ठोक्न मिल्छ र सरकार ?
गाउँसहरलाई लकडाउन गर्यौ ! सटडाउन र निषेधाज्ञा लगायौ !
के गरिवको पेटलाई पनि निषेधित क्षेत्र तोक्न मिल्छ र सरकार ?
निषेधाज्ञा र बन्दले न कतै काम छ न त खल्तीमा दाम छ !
काम र दाम नभएपछि के ढुङ्गामाटो टोक्न मिल्छ र सरकार ?
क्वारेन्टाइन, पिपिइ र पिसिआर टेस्टमा पनि भ्रष्टाचार गर्नेले,
मिडिया र भाषणमा अनेक हावादारी गफ खोक्न मिल्छ र सरकार ?
महामारीले देश डुबिसक्यो ! आत्महत्या गर्नेको दर बढ्दो छ !
अब पनि "सुखी नेपाली, समृद्ध नेपाल"को नारा घोक्न मिल्छ र सरकार ?
अरुले केही बोल्नै नहुने ? आफुले जे गरेपनि जायज हुने ?
अचम्म !!! "युज एण्ड थ्रो"को त्यो मास्कले राष्ट्रिय झन्डा बोक्न मिल्छ र सरकार ?
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल