सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

महालक्ष्मी नगरपालिकामा पनि लुभु महालक्ष्मी युवा क्लबद्वारा फुड बैंक सञ्चालन


प्रकाशित समय: शनिवार, ०९ : १८ बजे भदौ २० गते



 महालक्ष्मी नगरपालिकामा पनि लुभु महालक्ष्मी युवा क्लबद्वारा फुड बैंक सञ्चालन

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा लुभु महालक्ष्मी युवा क्लबले फुड बैंक सञ्चालनमा ल्याएको छ। काेराेना महामारी  नियन्त्रण र राेकथामका लागि सरकारले गरेको निषेधाज्ञा बाट दैनिक ज्यालादारी गर्ने मजदुर मर्कामा परेको भन्दै क्लबले लुभुमा फुड बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष नविन्द्र देव सिंहले बताए।

 

महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठबाट उद्घाटन गराएर राहात वितरण सुरु गरिएको थियो। आज बाट सुरु भएको फुड बैंकमा १५० जनाले राहत लिएको अध्यक्ष सिंहले बताए।स्वास्थ्य मापदण्ड पुरा गरी स्थानीय सरकारको समन्वयमा फुड बैंक सञ्चालनमा ल्याइएको अध्यक्ष सिंहले बताए।

हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने अभियानका साथ सुरु गरिएको फुट बैंक पहिलोपटक मोरङ जिल्लामा सुरु भएको थियो। ललितपुर जिल्लामा पनि यो अभियान नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनको समन्वयमा नेपाल तरुणदल ललितपुर क्षेत्र नं १ ले गोदावरी नगरपालिका वडा नम्बर ११ बज्रबारहीमा सुरु गरेको थियो।

तरुण दलले लगातार दश दिनसम्म सञ्चालनमा ल्याएको फुडबैंक स्थानीय प्रशासनले बन्द गराएको छ। संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबाट स्थानीय प्रशासनलाई दबाब दिई फुडबैंक बन्द गर्न लगाइएको तरुण दलकाे आरोप छ।