काठमाडौं । जोधपुर, राजस्थानस्थित अध्यात्म विज्ञान सत्संग केन्द्रबाट काठमाडौं केन्द्रित निशुल्क योग तथा ध्यान कार्यक्रम सम्पन्न गरिएको छ। प्रोफेसर राम लालको नेतृत्वमा आएको चार सदस्यीय टोलीले जेठ ५ देखि १४ गतेसम्म राजधानीमा विविध स्थानमा कार्यक्रम सञ्चालन गरेको हो।
टोलीले स्कुल, कलेज, योग केन्द्र, आश्रम र सार्वजनिक स्थलहरूमा कुण्डलिनी जागरण ध्यान र सिद्धयोगसम्बन्धी अभ्यास गराउँदै प्रत्यक्ष अनुभूति दिने अवसर उपलब्ध गराएको थियो।
कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा एकाग्रता विकास, मानसिक-शारीरिक सन्तुलन र पढाइप्रति प्रेरणा जगाउनु थियो। छोटो अवधिको मन्त्र र ध्यान अभ्यासबाट सहभागीहरूले तत्कालै अनुभूति पाएको प्रतिक्रिया दिएका छन्।
सिद्धयोगलाई महायोग वा पूर्णयोग पनि भनिन्छ। यसमा भक्तियोग, हठयोग, राजयोग र कर्मयोगजस्ता विभिन्न योगमार्ग समावेश हुन्छन्। अन्य योग विधिहरूभन्दा सरल, लचिलो र व्यावहारिक मानिने यस पद्धतिमा कुनै विशेष खानपान वा जीवनशैली त्याग्नु नपर्ने भएकाले अनुसरण गर्न सजिलो रहेको टोलीले जानकारी दिएको छ।
यो पद्धतिले नशाजन्य बानीहरूलाई पनि बिस्तारै हटाउँदै स्वस्थ जीवनशैलीमा डो-याउने विश्वास गरिएको छ। भारतमा प्रचलित भएपनि नेपालमा थोरै मात्र मानिसहरूमा यसको जानकारी रहेकोमा, यसपटकको अभियानले ठूलो संख्यामा जनमानसमा यसको प्रचार–प्रसार भएको आयोजकको भनाइ छ।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ