सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

ललितपुर नगरप्रहरी प्रमुख सिताराम हाँछेथुको पहिलो एक्सन-फुटपाथ अतिक्रण गर्न रोक


प्रकाशित समय: आइतवार, १० : १५ बजे आश्विन ११ गते



ललितपुर नगरप्रहरी प्रमुख सिताराम हाँछेथुको पहिलो एक्सन-फुटपाथ अतिक्रण गर्न रोक

ललितपुर,ललितपुर महानगरपालिकाले कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मको फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न आजबाट निषेध गरेको छ । फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न , सवारीसाधन पार्क गर्न, वर्कसपको काम गर्न पाइने छैन ।

 

ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले सहरलाई सुन्दर र व्यवस्थित बनाउन फुटपाथ अतिक्रमणलाई रोकेको बताए । उनले भने, ‘ पहिलो चरण अन्तर्गत यो क्षेत्र तोकेका छौं , चरणबद्ध रुपमा फुटपाथ व्यवस्थित बनाउने छौं । ’

 

फुटपाथ पैदल यात्रुको लागि छुट्याएको ठाउँ भएकाले पैदलयात्रुको सहजतालाई ध्यान दिएर उक्त निर्णय गरेको बताए । महानगरको निर्देशनलाई अवज्ञा गरी फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने समेत उनले बताए ।