सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

हाेमनेटद्वारा गोदावरी नगरपालिकालाई २४० सेट पिपिई स्वास्थ्य सुरक्षा उपकरण सहयोग


प्रकाशित समय: बिहिवार, ०६ : ०८ बजे आश्विन १५ गते



हाेमनेटद्वारा गोदावरी नगरपालिकालाई २४० सेट पिपिई स्वास्थ्य सुरक्षा उपकरण सहयोग

ललितपुर, गोदावरी नगरपालिका भित्र कोरोना भाइरस (covid-19) संक्रमण विरुद्ध खटिने स्वास्थ्यकर्मीहरुका लागि हाेम नेट नेपालले व्यक्तिगत सुरक्षा उपकरण (PPE) सेट उपलब्ध गराएको छ । भाइरस रोकथाम र नियन्त्रणका लागि निरन्तर खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुकाे सुरक्षाको लागि हाेमनेटले उक्त पिपिई सेट उपलब्ध गराएकाे हाे ।

 

हाेमनेटले गोदावरी नगरपालिकाका प्रमुख प्रसाशकीय प्रमुख विरेन्द्र देव भारतीलाई २४० थान पिपिइ सेट हस्तान्तरण गरेको हो। हाेमनेटका कार्यकारी निर्देशक ओम थपलियाले अबको केही दिनमा नै ललितपुरका बाँकी स्थानीय तहमा पनि पिपिइ सेट उपलब्ध गराइने जानकारी दिए।

 

नगरपालिकाको दिर्घकालिन सहयोगी संस्थाको रूपमा कार्य गर्दै आएको होमनेटले गोदावरी नगरपालिकाका वडा नं ४,१०,११ र १२ मा आफ्नो कार्यक्रम गर्दै आएको छ। पिपिई सेट ग्रहण पछि बोल्दै प्रमुख प्रसाशकीय प्रमुख विरेन्द्र देव भारतीले सहयोगी संस्था होमनेटलाई धन्यवाद दिए।

उनले होमनेटबाट प्राप्त सामाग्रीहरुले यो विषम् परिस्थितिलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरेको बताए। प्रमुख भारतीले होमनेटले गर्दै आएको सहयोग नगरपालिकाका सबै वडामा पुर्याउन आग्रह समेत गरे।