सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

नेपाली कांग्रेस ललितपुरले आयोजना गर्यो बृहत रक्तदान कार्यक्रम,४०० भन्दाबढी सहभागी हुदै


प्रकाशित समय: शनिवार, ०९ : २९ बजे आश्विन १७ गते



नेपाली कांग्रेस ललितपुरले आयोजना गर्यो बृहत रक्तदान कार्यक्रम,४०० भन्दाबढी सहभागी हुदै

ललितपुर,विश्व भरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ का कारण देशैभरि रगत अभाव भएको भन्दै नेपाली कांग्रेस ललितपुरले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। व्यवस्थित तरिकाले रक्तदान कार्यक्रम सम्पन्न गर्न कांग्रेसले जिल्ला सदस्य पुरुसोत्तम सिलवालको संयोजकत्वमा समिति समेत गठन गरेको छ।

 

कांग्रेसले जिम्मेवार राजनीतिक दलको हैसियतले आम जनताको जीवन रक्षाका लागि रगत अभावका कारण कोही नेपालीको मृत्यु नहोस् भन्ने अभिप्रायले रक्तदान कार्यक्रम आयोजना गरेको बताएको छ।

 

दिन प्रतिदिन भाइरसको संक्रमण बढेको अवस्थामा भौतिक एवं सामाजिक दुरी कायम गर्दै गोदावरी नगरपालिका भित्र तीन स्थानमा यही २० गतेबाट तीन दिने रक्तदान कार्यक्रम गर्न लागेको हो।

 

कांग्रेसले रक्तदान गर्ने व्यक्तिहरुको विवरण समेत संकलन गरेको छ। जस अनुसार असोज २० गते गोदावरी पार्टी प्यालेस,टौखेलमा २१० जना, असोज २२ गते प्याङगाउ बसपार्क, चापागाउँमा १२० जना र असोज २५ गते टिकाभैरब मन्दिर,लेलेमा १०० जनाले रक्तदान गर्न नाम दर्ता गराइसकेको नेपाली कांग्रेसका ललितपुर जिल्ला सदस्य वशिष्ठ अधिकारीले बताए।

 

रगत संकलनलाई आवश्यक स्वास्थ्य सामाग्री, जनशक्ति र आवश्यक अन्य व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र पुल्चोकले गर्ने छ भने रक्तदातालाई फलफुल, जुस र अन्य व्यवस्थापनको सम्पूर्ण खर्च नेपाली कांग्रेसले ब्यहोर्ने आयोजकले जनाएको छ।