सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ५ कार्तिक २०७७ / Wednesday, 21 October 2020

जुम्ल्याहा बच्चाकी आमा सुनितालाई वडा अध्यक्ष सिलवाल र कांग्रेस प्रवक्ता विश्वप्रकाशको सहयोग


प्रकाशित समय: आइतवार, ०६ : २३ बजे आश्विन १८ गते



जुम्ल्याहा बच्चाकी आमा सुनितालाई वडा अध्यक्ष सिलवाल र कांग्रेस प्रवक्ता विश्वप्रकाशको सहयोग

ललितपुर,रोल्पा जिल्ला घर भई ललितपुरको लेले बस्ने सबिता पुनमगरलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष मिलन सिल्वालले खाद्य सामग्री सहयोग गरेका छन्।

 

३ महिने जुम्ल्याहा बच्चाकी आमा रहेकी मगरले भोक मेटाउन जुम्ल्याहा बच्चा छाती र पिठ्युँमा बोकेर गाउँमा माग्दै हिडेको तस्वीर कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो। लगतै वडा अध्यक्ष सिल्वालले ती महिलाको खोजी गरे र खाद्यान्नको व्यवस्था मिलाए।

 

नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि त्यो समाचार पढेलगतै वडा अध्यक्ष सिल्वाललाई फोन गरि सहयोग गर्ने प्रतिबद्धता जनाए। मगरलाई करिब दुई महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष सिलवालले बताए।

उनलाई चामल २ बोरा, दाल ५ के जी, सोयाबिन ५ पा. नुन ५ पा. तेल ५ लि. साबुन ५ वटा, लत्ताकपडा समेत सहयोग गरेको अध्यक्ष सिलवालले बताए।

 

लेलेको एक इट्टाभट्टामा काम गर्दै आएकी पुनमगरकी श्रीमान् पनि उनीसंगै बस्छन् तर पछिल्लो समय कोरोना भाइरसको महामारीले इट्टाभट्टा बन्द हुँदा उनी र उनको परिवारमा रोग भन्दा पनि भोकै मरिने चिन्ता बढेको थियो।जसका कारण उनलाई माग्दै हिड्नुपर्ने बाध्यता थियो।