सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

दशैमा जिल्ला नछाड्न सिडियो र प्रहरी प्रमुखलाई सरकारको आदेश 


प्रकाशित समय: मगलवार, ०९ : ४९ बजे कार्तिक ४ गते



दशैमा जिल्ला नछाड्न सिडियो र प्रहरी प्रमुखलाई सरकारको आदेश 


काठमाडौं । सरकारले दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न निर्देशन दिएको छ ।

 

गृह मन्त्रालयले सोमबार नै उनीहरुलाई जिल्ला नछोड्न पत्राचार गरेको हो ।

 

नजिकिँदै गरेको दसैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

 

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका आपराधिक गतिविधि हुन नदिइ भरपर्दो सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई गृहले निर्देशन दिएको छ ।