सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २ माघ २०८२ / Thursday, 15 January 2026

महाङ्कालमा सांस्कृतिक उत्सव सम्पन्न

प्रकाशित समय: बिहिवार, ०६ : ३५ बजे आश्विन १६ गते



महाङ्कालमा सांस्कृतिक उत्सव सम्पन्न

ललितपुर, नेपालीहरुको महान् चाडहरूमध्ये दशैं, तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा ललितपुरको महाङ्कालमा "महाङ्काल सांस्कृतिक उत्सव-२०८२" भव्यताका साथ सम्पन्न गरेको छ।

 

 

महाङ्काल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा तामाङ सेलो, लोक दोहोरी, नयाँ प्रतिभाद्वारा प्रस्तुत गीत तथा नृत्य, गजल तथा कवितावाचन लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार, समाजसेवी, राजनीतिक नेतृत्व र सामुदायिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

 

 

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष जोनी कुमार न्यासुर, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार पराजुली, वडा नम्बर ५ का वडा अध्यक्ष भूमिनन्द घिमिरे, वडा नम्बर ६ का वडा अध्यक्ष बिनोद चौरेल लगायतका जनप्रतिनिधिहरूले गाउँपालिकाको कला, संस्कृति, साहित्य, भाषा र भेषभूषा संरक्षणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

 

 

माङकाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाङ, बाहुन लगायत विभिन्न समुदायका सहभागीहरूले आफ्ना परम्परागत भेषभूषा र पहिरनसहित उपस्थित भएर विविधता झल्काएका थिए।

 

 

यस प्रकारका उत्सवहरूले सांस्कृतिक परम्परा जगेर्ना गर्न, नयाँ पुस्तामा राष्ट्रिय एकता र पहिचान मजबुत बनाउन योगदान गर्ने प्रज्ञा -प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर के.सीले बताए।