सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

गोदावरी नगरपालिकाले आफ्ना नगरवासीको निःशुल्क पीसीआर परीक्षण गर्ने


प्रकाशित समय: बुधवार, ०७ : ३८ बजे कार्तिक ५ गते



गोदावरी नगरपालिकाले आफ्ना नगरवासीको निःशुल्क पीसीआर परीक्षण गर्ने

ललितपुर,गोदावरी नगरपालिकाले कोरोना महामारीको बेलामा पनि स्थानीय सरकार छ भन्ने आभास दिलाएको छ। संघीय सरकारले सशुल्क कोरोना परीक्षण र उपचार गर्ने बताइरहेका बेला गोदावरी नगरपालिकाले भने आफ्ना स्थानीय नागरिकलाई कोरोना परीक्षण गर्नुपरेमा निःशुल्क परीक्षणको व्यवस्था गरिने निर्णय गरेको छ।

 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरण गर्न नगरवासीको सुरक्षाकालागि निःशुल्क पीसीआर परीक्षण गरिने गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले बताए।

 

नगरप्रमुख महर्जनले नगरपालिकाको बिपत ब्यबस्थापन कोषबाट कोरोना भाइरस कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरुलाई टिकाभैरब स्थित आनन्दवन अस्पतालमा निशुल्क पिसिआर गरिने बताए।