सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ७ बैशाख २०८१ / Friday, 19 April 2024

मास्क नलगाउनेलाई दिदैं , लगाउन सिकाउँदै ललितपुरका नगरप्रहरी



प्रकाशित समय: शनिवार, ०६ : ४४ बजे कार्तिक २२ गते



मास्क नलगाउनेलाई दिदैं , लगाउन सिकाउँदै ललितपुरका नगरप्रहरी

ललितपुर, ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क लगाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् । उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् । मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् ।

 

महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका नगरप्रहरीले यो काम थालेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले बताए । यस अभियान अन्तर्गतले महानगरको विभिन्न चोकमा बसेका र गल्लीमा पुगेका नगरप्रहरीले मास्क नलगाउनेलाई मास्क दिन्छन् । गलत तरिकाले मास्क लगाउनेलाई सही तरिकाले लगाउन उनीहरुले सुझाव दिन्छन् ।

अहिलेसम्म ५ सय मास्क वितरण गरेको बताउँदै धेरैलाई ठीक तरिकाले मास्क लगाउन सम्झाएको हाछेथुँले बताए ।