ललितपुर । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनको सन्दर्भमा आवश्यक छलफल गर्न ललितपुरमा विशेष भेला आयोजना हुने भएको छ। यही २०८२ साल पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनलाई लक्षित गर्दै उक्त भेला बोलाइएको हो।
जिल्ला सभापतिको निर्देशनअनुसार आयोजना हुने उक्त विशेष भेला आज शुक्रबार बिहान ११ः३० बजे ललितपुरको खुमलटारस्थित होटल ट्रिनिटीमा हुने भएको छ।
भेलामा नेपाली कांग्रेस ललितपुर जिल्लाका पार्टी पदाधिकारी, सदस्य, सक्रिय कार्यकर्ता तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई हार्दिक आमन्त्रण गरिएको आयोजक नेपाली कांग्रेस ललितपुरका जिल्ला सचिव वशिष्ठ कुमार अधिकारीले बताए।
विशेष महाधिवेशनलाई प्रभावकारी, एकतावद्ध बनाउन आवश्यक तयारी, जिल्ला स्थित महाधिवेशन प्रतिनिधिहरूको धारणा तथा रणनीतिबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको जनाइएको छ।
भेलामा विशेष महाधिवेशनको लागि ललितपुरको कुपण्डोलबाट बाजागाजा सहित विशेष र्याली निकालिने र त्यसका लागि पनि के कस्तो तयारी गर्ने भन्ने विषयमा छलफल हुने जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ