सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ६ फाल्गुन २०८२ / Wednesday, 18 February 2026

प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर कांग्रेसले तीनवटै क्षेत्रमा मनोनयन दर्ता गर्ने

प्रकाशित समय: सोमवार, ०८ : ४२ बजे माघ ६ गते



प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर कांग्रेसले तीनवटै क्षेत्रमा मनोनयन दर्ता गर्ने

ललितपुर,फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले भोलि (माघ ६ गते) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।

 

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार ललितपुर जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम आयोजना गरिएको जिल्ला कार्यसमिति ललितपुरका सचिव वशिष्ठ कुमार अधिकारीले जानकारी दिए। 

 

अधिकारीका अनुसार मनोनयन दर्ता कार्यक्रमअघि बिहान २:३० बजे सम्बन्धित निर्वाचन क्षेत्रमा भेला हुने र दिउँसो ३:३० बजे उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। मनोनयन दर्ता गर्न उम्मेदवारहरू जुलुससहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम रहेको छ।

 

निर्वाचन क्षेत्रअनुसार भेला तथा मनोनयन दर्ता हुने स्थान यस प्रकार रहेको छः

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १

भेला हुने स्थान: बज्रबाराही चोक

मनोनयन दर्ता हुने स्थान: गोदावरी नगरपालिका

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २

भेला हुने स्थान: सातदोबाटो स्वीमिङ पुल अगाडि

मनोनयन दर्ता हुने स्थान: एनफा कम्प्लेक्स, सातदोबाटो

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३

भेला हुने स्थान: जावलाखेल चोक

मनोनयन दर्ता हुने स्थान: जिल्ला निर्वाचन आयोगको कार्यालय, जावलाखेल

 

जिल्ला कार्यसमिति ललितपुरले मनोनयन दर्ता कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्व सभापति, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, स्थानीय तहका प्रमुख/उपप्रमुख, वडा सभापति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, क्रियाशील सदस्य, पार्टीमा आस्था राख्ने सम्पूर्ण साथीहरू तथा पत्रकारहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

 

नेपाली कांग्रेस ललितपुरले मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र ऐक्यबद्ध रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।