काठमाडौं,नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् ।
कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे ।
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्यो । अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन ।’
‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ ?’ उनले प्रश्न गरे, ‘हामीले स्थीर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’
उनले थपे, ‘त्यतिमात्र होइन कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ । यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् ।’
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले आजै बिहान ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह अस्पताल एण्ड रिसर्च सेन्टर पुगेर आफ्नो एक महिना बराबरको तलब अस्पताललाई दिएका छन् ।
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसर पारेर अस्पतालले कोभिड कक्षको स्तर उन्नती र जेष्ठ नागरिक स्वास्थ्य उपचार कोष प्रारम्भ गरेको छ। हाललाई २० बेडको उपचार कक्ष तयार गरी उपचार सुरु गरेको छ।
हस्पिटलले आजै बाट काेरना उपचार तथा परिक्षण सुरु समेत गरेकाे छ । जेष्ठ नागरिकलाई उपचारमा ५०% छुट दिने निर्णय समेत गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल