सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

हनोई वार्ता विना सम्झौता टुङ्गियो

..
प्रकाशित समय: बिहिवार, ०७ : २७ बजे फाल्गुन १६ गते



हनोई वार्ता विना सम्झौता टुङ्गियो

हनोई – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभयो । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।

 

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो । तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।”(रासस/एएफपी)