चौतारा, मेची महाकाली बुहारी संयुक्त आवाज सिन्धुपाल्चोकले बर्दिवासकी ६ वर्षीय गुलाब खातुनको बलात्कारपछि हत्या गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुहारी आवाज सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी (सिडियो) उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्रीलाई अपराधीलाई कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
आज आवाजकी उपाध्यक्ष अम्बिका बस्नेतले सिडियो ढकाललाई चौतारा पुगेर ज्ञापन पत्र बुझाएकी हुन् । समाजकी अध्यक्ष गीता नेपालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा बर्दिवासको घटनाको निष्पक्ष छानबिन नभएसम्म बुहारी आवाज चुप लागेर नबस्ने र जन आक्रोसबाट हुने क्षतिको जिम्मेवार स्थानीय प्रशासन र सरकारले लिनुपर्ने उल्लेख छ । आवाजले निर्मला पन्त, सुस्मिता, करुणा, सम्झना र सञ्जालगायत पीडितहरुका पीडकहरुलाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेको छ । आवाजले पीडकलाई की फासी दिनुपर्ने अन्यथा सर्वस्वसहित जन्मकैद गर्नुपर्ने प्रधानमन्त्री समक्ष माग गरेको छ ।
हत्या र बलात्कारका घटनाका पीडित रुदैं हिड्नुपर्ने र पीडक उन्मुक्ति पाउने दूर्भाग्यपूर्ण अवस्थाको अन्त्य गर्न पनि आवाजले माग गरेको छ । संयुक्त बुहारी आवाजले गुलाब खातुनको बलात्कारपछि हत्या गर्नेलाई तुरुन्त कारवाही गर्न ७७ जिल्लामै सिडियो मार्फत प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएको सिन्धुपाल्चोक अध्यक्ष गीता नेपालले जानकारी दिइन् । केन्द्रमा केन्द्रीय अध्यक्ष यशु शर्मा सुब्बाले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएकी हुन् ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा सोमबार ६ वर्षीया एक बालिकाको शव फेला परेको थियो । प्रारम्भिक छानबिन अनुसार बालिकालाई बलात्कार गरेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल