ललितपुर,ललितपुर महानगरपालिकाले महानगरको वडा नं १९मा रहेको प्रचीन सम्पदा अग्निशाला भवनमा तामाको छाना राखिने भएको छ ।
गौरवशाली योजना अन्तर्गत महानगरले तामाको छाना राख्न ४० लाख दिएको हो । अहिले उक्त भवनमा जस्ताको छाना छ । धार्मिक मान्यता अनुसार पूजा अर्चना गरिने स्थानको जिर्णोद्धार वा पुनर्निर्माण गर्नुअघि क्षमापूजा गर्ने परम्परा छ ।
जस अनुसार महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार क्षमापूजा गरे । महानगर प्रमुख महर्जनले सम्पदा संरक्षणलाई महानगरले प्राथमिकता राखेको बताए । उनले भने,‘महानगरको यो प्रचीन संम्पदा संरक्षणको लागि बजेट छुट्याएको हो, काम एकदम राम्रोसँग गर्न आग्रह गर्छु । ’ क्षमापूजा लगत्तै काम थालिने महानगरले जनाएको छ ।
अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माका अनुसार अग्निशालामा पाँचवटा छुट्टाछुट्टै धुनी छन् । यी धुनीमा निरन्तर आगो बलिरहन्छ ।
धार्मिक मान्यता अनुसार काठबालेर निकालिएको काष्ठाग्नी, ढुंगा रगडेर निकालिएको पासाग्नी, सूर्यको रापबाट निकालिएको सूर्याग्नी, पानीबाट निकालिएको जलाग्नी, अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नी यी पाँच फरक फरक नामका अग्नी पाँच धुनीमा बालिन्छ ।
यस शालामा पूजा पाठ गर्दा लागेका ग्रह दशा हटेर जान्छ भन्ने मान्यता छ । यहाँका पुजारीहरुका अनुसार यो शालाको बारेमा उल्लेख भएको शिलालेखहरु हलसम्म कतै भटिएको छैन, तर चार हजार बर्ष अघि निर्माण भएको अनुमान उनीहरुले लगाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल