सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १३ माघ २०७७ / Tuesday, 26 January 2021

नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक शनिबारलाई सर्यो


प्रकाशित समय: बुधवार, ०८ : ३७ बजे मंसिर १७ गते



नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक शनिबारलाई सर्यो

काठमाडौं, मंसिर १७ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले बताएको छ । 

 

सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुगे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । 

 

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार आजको बैठक नबस्दै स्थगित भयो । बैठकका लागि नेताहरु बालुवाटार पुगेको भएपनि बैठक बस्न नसकेको उनले बताए। 

 

अर्को बैठक २० गते शनिबार १ बजे बस्ने उनले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली व्यस्तता देखाउँदै उपस्थित हुन नसक्ने जनाउ मंगलबार नै गराएका थिए।। व्यस्तता बीच बैठक बस्नुपर्ने अडानका बीच बैठक एक घण्टा ढिलो गर्नेगरी सारिएको थियो । तर पनि बैठक बस्न सकेन ।