केदारनाथ दहाल, ललितपुर, कोरोनाका कारण शिक्षण संस्था बन्द भएको आठ महिना पुग्न लाग्यो। बैकल्पिक सिकाइ इन्टरनेट बाट प्रभावकारी नभएपछि शैक्षिक कार्यतालिका नै प्रभावित बन्न पुग्यो। कोरोनाको कहरले शैक्षिक कार्यतालिका प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिने निर्णय गरेको छ। सरकारले अनुमति दिएसंगै उपत्यकाका निजी तथा सरकारी विद्यालय पठनपाठन सुरु गराउने विषयमा लागि परेका छन्।
यहाँका स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाहरु-शिक्षक, शिक्षिका, कर्मचारी र बालबालिकाहरुलाई कसरी सुरक्षित बनाएर विद्यालयमा पठनपाठन संचालन गर्न सकिन्छ भन्ने विषयमा चिन्तित बनेका छन्। अविभावकहरुलाई झनै यस्तो अवस्थामा आफ्ना बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने चिन्ताले पिरोलेको छ। त्यसो त धेरै स्थानीय तहका विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिसकेका छन्।
महाङ्काल गाउँपालिकाका प्रवक्ता गंगाराम तिमल्सिनाका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर गाँउपालिका भित्रका सामुदायिक २७ र निजी १ गरि २८ वटै विद्यालयमा जोर विजोर, बिहान र बेलुकाको सिफ्ट लगायतका वैकल्पिक माध्यम मार्फत पठनपाठन सुरु गरिएको जानकारी दिए।
त्यस्तै वागमती गाउँपालिकाले पनि पठनपाठन सुरु गर्न सबै विद्यालयहरुलाई पत्राचार गरेको छ। शिक्षा शाखाका प्रमुख शेषकान्त पौडेलका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गर्न मंसिर ११ गते पत्रकार गरेको जानकारी दिए। उनका अनुसार विद्यालय संचालन गर्दा कोभिड १९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गरी "विद्यालय संचालन सम्बन्धी कार्यढाचाँ २०७७" मा उल्लेख गरिएका विभिन्न विकल्पहरुको उपयोग गरि विद्यालय संचालन गर्ने जानकारी दिए ।
'सामुदायिक ४६ र समुदायमा आधारित बाल विकास केन्द्र २ गरेर ४८ वटा विद्यालयमा अविभावक र स्थानीय स्वास्थ्य संस्थासँग छलफल तथा समन्वय गरेर विद्यालय संचालन गरिन्छ'- पौडेलले भने।
गोदावरी नगरपालिकाले नगर कार्यपालिकाको बोर्ड बैठकको निर्णय अनुसार स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर ११ गते बाट विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको शिक्षा शाखाप्रमुख उप सचिव देवी प्रसाद पौडेलले बताए। नगरपालिका भित्र रहेका सामुदायिक ३५ र संस्थागत ४८ गरी ८३ विद्यालयमा अविभावक, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्थासंग छलफल र समन्वय गरेर मात्र विद्यालय संचालन गर्न भनेको उप सचिव पौडेलले बताए।
बुद्ध मा. वि. बाँडेगाउँका प्रधानाध्यापक सानुदास नापीतका अनुसार एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले १०/१५ जनाको संख्यामा आलोपालो गरेर विद्यालय बोलाइ होमवर्क दिएर बालबालिकालाई पठाइने गरको बताए।
ललितपुर महानगरपालिका वडा नं २९ हरिसिद्धि रहेको प्रेरणा विद्याश्रम स्कुलले अभिभावक बोलाएर छलफल सुरु गरेको छ। छलफलमा बालबालिकालाई विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्न अधिकांश अभिभावकले सुझाव दिए। प्याब्सनका महानगर सचिव समेत रहेका प्रेरणाका प्रिन्सिपल हिरा ब. महर्जनले भने वडा जनप्रतिनिधि, समुदाय, स्वास्थ्य संस्था, सरोकार वाला सबैसँग छलफल गरेर मात्र विद्यालय संचालन गर्ने जानकारी दिए।
उनले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नेपाल सरकार शिक्षा मन्त्रालयले पछिल्लो समय जारी गरेको "विद्यालय संचालन सम्बन्धी कार्यढाचाँ २०७७" को पुर्ण पालना गरेर मात्र विद्यालय संचालन गर्न सकिने बताए। महानगरका २९ वटा वडाहरु मध्ये धेरै जसो विद्यालयमा अझै पनि पठनपाठन सुरु गर्न कठिनाइ रहेको छ।
कोन्ज्योसोम गाउँपालिकामा पनि स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिएको छ। वडा नं ४ का वडा अध्यक्ष तिर्थ घलानका अनुसार अधिकतम स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालयमा पठनपाठन सुरु भएको बताए।
महालक्ष्मी नगरपालिकामा पनि विद्यालय संचालन गर्ने बिषयमा पनि छलफल भइरहेको नगरपालिका स्रोतले बतायो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल