ललितपुर,नेपाल विद्यार्थी संघ ललितपुरले मंहाकाल गाउँपालिकामा गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। नेपाली काँग्रेस ललितपुर क्षेत्र नं १ प्रदेश निर्वाचन क्षेत्र १ का सभापति सुन्दरमान थिङको प्रमुख आथित्यतामा गठित नेविसङ्घको २३ सदस्यीय कार्यसमिति गठन भएको हो।
नयाँ कार्यसमितिको सभापतिमा मनोज सञ्जेल, उपसभापतिमा मनिष सञ्जेल, मनोज लम्साल चयन भएका छन्। सचिवमा रविन घिमिरे,सहसचिवमा मनिषा घिमिरे र रविन वि.क. चयन भएका छन्। कोषाध्यक्षमा सुमन सत्याल चयन भए। त्यस्तै सदस्यहरुमा कृष्ण सञ्जेल, प्रमोद सुवेदी, युवराज लामा, सन्दिप लो,निरोज बलामी,सम्झना दाहाल, सृष्टि बजगाईं,सरोज सापकोटा,अनिसा घिमिरे,दिपेश तिमल्सिना,दिपक तिमिल्सिना,विकास दहाल,पुस्कर सापकोटा, प्रसन्न भोम्जन, प्रदिप भोम्जन र सरोज सापकोटा चयन भएका छन्।
नेपाल विद्यार्थी सङ्घ ललितपुर जिल्ला पाटन क्याम्पसका बिद्यार्थी नेता युवराज लामाको सक्रियतामा गाउँपालिकामा विद्यार्थी सङ्घ गठन गरिएको हो। लामाको नेतृत्वमा गाउँपालिकाभित्र सञ्चालनमा आएका विद्यालयहरूमा पर्याप्त रूपमा स्वास्थ्य मापदण्ड पालना नभएको उल्लेख गर्दै महाँकाल गाउँपालिका समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल