सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ७ जेठ २०७६ / Tuesday, 21 May 2019

राजपा द्वारा प्रतिवेदन सार्वजनिक गर्न माग


प्रकाशित समय: आइतवार, ०६ : २७ बजे फाल्गुन २६ गते



राजपा द्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद वृर्षेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

 

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरी मधेश र थरुहट आन्दोलनका क्रममा घटेका मानवअधिकार र अन्य घटनाबारे अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्न माग गर्नुभएको हो ।

 

सरकार र स्वतन्त्र मेधशी गठबन्धनबीच शुक्रवार भएको ११ बुँदे सहमतिबारे सरकारले जवाफ दिनुपर्छ उहाँले भन्नुभयो ।

 

सांसद लालले वर्तमान सरकारले मधेशी समुदायका समस्यामा बेवास्ता गरेका कारण राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत जानकारी गराउनुभयो ।