सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

महिला तथा बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान सुरु

..
प्रकाशित समय: आइतवार, ०८ : ५७ बजे फाल्गुन २६ गते



महिला तथा बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान सुरु

ललितपुर,गोदावरी क्षेत्रका महिला तथा बालबालिकाहरुले गोदावरी खोला क्षेत्रको सरसफाई अभियान सुरु गरेका छन्। धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने गोदावरी क्षेत्रबाट बग्न सुरु भएको गोदावरी र आसपासका खोला क्षेत्रमा फोहोरमैला बढ्न थालेपछि यहाँका महिला तथा बालबालिकाहरुले स्वतस्फुर्तरुपमा सरसफाई अभियान सुरु गरेका हुन्।

 

खोलामा जथाभावी फालिने फोहरमैलाले पानीका मुहान, आसपास बसोबास गर्ने मानिसहरुलाई समेत असर गर्न थालेपछि सरसफाई अभियान थालिएको सरसफाई अभियान संयोजक वेवि थापाले बताइन्। उनले सरसफाई अभियान्ता धिरेन्द्र कुमार शाहको विशेष सहयोगमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियान सुरु गरिएको बताइन्।

 

सरसफाइ अभियानमा किष्ट मेडिकल एण्ड टिचिङ हस्पिटल की डा.निर्जना थापा, सरसफाई अभियान्ता इशरत शाह, बाग्मती सरसफाई अभियानका केशव पुडासैनी, चित्र सुनुवार, शेखर क्षेत्री, विष्णुमती सरसफाई अभियानका शोभाकान्त पाण्डे, हनुमन्ते खोला सरसफाई अभियानका रुद्र पाण्डे, डेविड कुमार खडायत, रुमान अहमद, गोदावरी नगरपालिका वडा नम्बर १४ का वडासदस्य चम्पा महर्जन लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

 

सरसफाई अभियानलाई गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी, महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरिक्षक श्याम कुमार कटवाल सहितको टोलीले साथ दिएको थियो।

 

आज बाट सुरु भएको सरसफाई अभियान प्रत्येक हप्ता संचालन गरिने संयोजक थापाले बताइन्।