सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

हामी जुर्मुराउने बेला आयाे " देश खतरामा जादैछ"

..
प्रकाशित समय: सोमवार, ०५ : १५ बजे फाल्गुन २७ गते



हामी जुर्मुराउने बेला आयाे

 घनश्याम गाैतम-म आगाे सहन्छु अन्याय सहन्न तृष्णा सहन्छु तिरस्कार सहन्न मेराे शिर उडाउ बरु त्याे सहन्छु तर काेहि परायाले टेके सहन्न यी गीतका शब्दहरुले आज मलाई लेख्न।बाध्य बनायाे।

 

म अरु राजनितिक बिषयमा खासै बाेल्दिन र म कुनै पार्टीकाे सदस्य पनि हाेइन म एक राष्ट्र प्रेमी नेपाली हुँ र याे देशकाे एक कलाकार। जब जब देश र राष्ट्काे नाममा आँच आउने कुरा सुन्छ देशकाे हित बिपरित कुरा सुन्छ मेराे रगत उम्लिएर आउँछ, मेराे मुटु बेस्सरी धड्कन्छ र एक्लै शिरुपाते खुकुरी नचाएर लड्न जाउ जस्ताे लाग्छ।

 

थाहा छैन किन फेरि यस्तै भएकाे छ। म  प्रधानमन्त्री ओलीज्युलाई एक खुल्ला पत्र लेख्दै छु।

 

श्री सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओली ज्यु नेपाल सरकार

 

तपाईँलाई सम्बाेधन गरेर म आफ्ना भावना हरु पाेख्दै छु। साँच्चै गाेपाल याेन्जनले गाएकाे गित म झुक्दै नझुक्ने नेपालकाे छाेराे, म झुक्दै नझुक्ने नेपालकाे छाेराे,, याे गीति बज्दा हामी नेपालीहरु गर्व गर्छाै हामी नेपाली भएकाेमा । हामीलाई आफ्नाे ज्यान भन्दा प्याराे याे राष्ट्रभुमीमा कसैले अाँखा गाड्दै छ, र याे अखण्ड नेपाल लाई टुक्र्याउन खाेज्दैछ ।  याे हामी कदापी सहने छैनाै र हुन दिने छैनाैँ ।

 

 धेरै बर्ष देखि भारतकाे ईशारामा सन्चालित एजेन्ट सि के राउत मधेसका नेपाली दाजुभाईलाई भड्काएर स्वतन्त्र मधेशकाे नाउमा नारालाएर देश र राष्ट्र बिराेधि गतिबिधिमा सँलग्न मात्र नभइ  त्यसकाे नेतृत्व गरिरहेकाे देशद्रोही ब्यक्तीलाई देशद्राेही घाेषणा गरेर कडा भन्दा कडा कारवाही गर्नु पर्ने ठाउँमा  दुई तिहाई मत भएकाे कम्युनिष्ट सरकारले जेल मुक्त गरि स सम्मान उसलाई याे देशमा चलखेल गर्न अनुमती दिएकाे छ ।

 

 सरकारले ११ बुँदे सहमती गरेकाे भाेली पल्टै "स्वतन्त्र मधेश" र एसियाकाे नयाँ देश मधेश भनेर ब्यानर पम्प्लेट मा लेखेर खुलेआम र्याली र सभा गर्दै हिँड्दा पनि के हेरिरहेकाे छ सरकार..? हामी अभाब सहन्छाै, मुल्यबृद्धि सहन्छाै, नाका बन्दी सहन्छाै तर हाम्राे देशलाई कुनै बिदेशी दलालहरुले टुक्राउन खाेज्छ भने, हाम्राे तराई मधेशलाई अलग राख्न खाेज्छ भने, हामी काेहि नेपाली पनि चुप लागेर बस्न सक्दैनाै ।

 

 पटक-पटक नेपाल आमालाई गाली गर्ने, नेपाली माटाे लाई थुक्ने, र नेपाल बाट मधेश अलग्याउछु भन्दै खुलेआम चुनाैती दिँदा पनि अहिले कुन चलखेल बाट सिके राउत जस्ताे "भाइरस" लाई माफी दिएर तराइमा आगाे सल्काउन पठाइयाे..?

 

 यदि साँच्चै सिके राउतले देशलाई माया गर्दथ्यो भने,खै त उसले देश प्रति आत्मा आलाेचना गरेर माफी मागेकाे..? खाेईत अखण्ड नेपालकाे पक्षमा नारा लाएकाे..? खाेइ त नेपाली चरित्र देखाएकाे ? नेपाल माथी ठुलाे षड्यन्त्र हुदैछ । यस्ता देशद्रोही हरुलाई माफी दियाे भने हाम्राे स्वाभिमान र राष्ट्रियता चाँडै खतरामा पर्ने निशिचत छ ।

 

 सरकारकाे याे निर्णयले कराेडाैँ नेपालीकाे शिर झुकाएकाे छ ।  अब हामी कसरी भन्न सक्छाै कि " म झुक्दै नझुक्ने नेपालकाे छाेराे म झुक्दै नझुक्ने नेपालकाे छाेराे!"" म ओली सरकार लाई भन्न चाहान्छु यदि राष्ट्रलाई जाेगाउने हाे भने, अखण्ड नेपाल बचाइ राख्न चाहाने हाे भने, देश द्राेही सि के राउत लगायत देश बिराेधी गतिबिधि गर्ने सबै राज्यद्रोहीहरुलाई जेल हालियाेस र मधेशमा हाम्रा नेपाली मधेशी दाजु भाईकाे हित बिपरित कार्य गर्ने र सद्भाव भड्काउने सबैलाई कडा कारबाही गरियाेस् ।

 

 हामी जे जस्ताे भए पनि स्वभिमानी भएर बाँच्न चाहान्छाै, नेपाली भएर बाँच्न चाहान्छाै ।  राष्ट्र बादी नेता भनेर नै तपाई के पी ओलीलाई जनताले मन पराएका हुन् तर यस्ताे राष्ट्रहित बिपरित निर्णयले याे सरकार नै ढल्ने दिन नअावाेस्  ।  तपाईं प्रधानमन्त्री के पी ओली, नेकपा का अध्यक्ष प्रचण्ड, नेपाली काँँग्रेसका शेरबहादुर देउबा लगायत सबै नेताहरुमा चाँडै नेपालकाे हितमा निर्णय गर्न सक्ने बुद्धि आवाेस  । 

 

र अन्त्यमा, ५ बर्ष ढुक्कले सरकार चालाउन लाईसेन्स दिएका जनताकाे भावनाकाे कदर गर्नुस ओली ज्यु!. सिके राउत लाई कार्वाही गर..अखण्ड नेपाल जीन्दाबाद,.. स्वाभिमानकाे रक्षा गर  ।  जय राष्ट्र र जय राष्ट्रियता!! जय देश# जय स्वाभिमान#   गाैतम  कलाकार हून् ।