सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

सरकार र सिके बीचको सहमति मै खोट देखियो - डा. शेखर

..
प्रकाशित समय: सोमवार, ०६ : १६ बजे फाल्गुन २७ गते



सरकार र सिके बीचको सहमति मै खोट देखियो  - डा. शेखर

काठमाडौं-विखण्डनकारी सीके राउत र सरकारबीच भएको ११ बूँदे सहमतिको मसि सुक्न नपाउँदै जनकपुरमा स्वतन्त्र मधेशको नारा घन्किएपछि नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

 

आफ्नो फेसबुक पेजमा धारणा सार्वजनिक गरेका कोइरालाले सरकार र सीके राउतबीच भएको सहमतिले नेपालको राजनीति तरंगित बनेको बताउँदै भने,'बिद्रोही समूहलाई संबिधान र राज्यको मूलधारमा ल्याउनु राम्रो भएता पनि सहमतिको दोस्रो बूँदामा उल्लेखित 'जनअभिमत' (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको बिपक्षमा देखिन्छ।

 

यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्।' उनले उक्त सहमतिमा दुबै पक्षको नियतमाथि खोट देखिएको पनि बताए । 'सहमतिको मसि सूक्न नपाउँदै जनकपूरमा राउत समूहको जुन परिदृश्य देखियो, त्यसले हामीलाई गम्भिर मात्रै बनाएको छैन, बरु सबैलाई झस्काएको समेत छ', उनले भने । दुबै पक्षबाट यसको अबिलम्ब निदान हुन जरुरी भएको उनले बताए ।