ललितपुर,नेपाली कांग्रेस ललितपुरले पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि पुस १ गतेबाट क्रियाशिल सदस्यता नविकरण तथा नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय नखिपोटमा पार्टीका जिल्ला सभापति मदनबहादुर अमात्यको सभापतित्वमा बसेको बैठकले जिल्लाका सबै वडा एकाइ बाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न सुरु गर्ने निर्णय गरेको हो। पार्टीको विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने छ भने जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने पार्टीले जनाएको छ।
पार्टी उच्चस्रोतका अनुसार पुस मसान्तभित्र देशै भर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण सम्पन्न गरिसक्ने र फागुनको पहिलो साता सम्पन्न गर्ने भनिएको माहाधिवेशन जेठ भित्रै सम्पन्न गर्ने तयारी रहेको बताए।
केन्द्रीय कार्यसमितिको बैठकको निर्णय र परिपत्र अनुसार क्रियाशील सदस्यता नविकरण संख्या बराबर नयाँ क्रियाशील सदस्यता बनाउने निर्णय केन्द्रीय कार्यसमितिले गरेपछि सोहीबमोजिम नयाँ क्रियाशील सदस्यता वितरण गरिन लागेको जिल्ला सचिव भीमसेन घिमिरेले बताए।
यसैगरी नेपाली कांग्रेसको जिल्ला कार्य समितिको आज बसेको बैठकले मंसिर २९ गते हुने सरकार विरोधी प्रदर्शनलाई तीव्र पार्ने निर्णय गरेको छ।ललितपुरको लगनखेलमा भेला भएर सुरु हुने सरकार विरोधी प्रदर्शन मंगलबजार, पुल्चोक हुँदै जावलाखेल पुगेर विरोधसभामा परिणत हुनेछ।
प्रदर्शनपछिको विरोधसभालाई नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव लगायत जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन्। प्रदर्शनलाई बृहत बनाउन नेता, कार्यकर्ता, भातृसंस्था, शुभेच्छुक संस्था र समर्थकलाई सडकमा आउन आह्वान गरिएको कांग्रेसले जनाएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल