सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

..
प्रकाशित समय: मगलवार, ०७ : २२ बजे फाल्गुन २८ गते



नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिकाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा नगर खेलकुद समिति प्राविधिक सहयोगमा खेल सम्पन्न भएको हो।

 

एथलेटिक्स,रिलेदौड,हाई जम्प, भलिबललगायत विभिन्न विधाहरुमा खेलाइएको खेलमा नगरभित्रका माध्यमिक विद्यालयहरु बाट १८ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको थियो। खेलको उद्घाटन प्रदेश सांसद सरेस नेपालले गरेका थिए भने समापन जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङले गरेका थिए।

 

प्रतियोगितामा श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्रथम, इर्खु माध्यमिक विद्यालय दोस्रो र श्री सेती देवी माध्यमिक विद्यालय कुबिन्डे तेस्रो भएका थिए।

 

कार्यक्रममा बोल्दै मेयर अमानसिंह तामाङलेखेल्ने स्वास्थ्यको मात्रै विकास गर्ने नभई राष्ट्रको विकास गर्ने र मानिसलाई अनुशासित समेत बनाउने बताए। उनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे।

 

उनले नगरपालिकाभित्र वडास्तरिय नगरस्तरीय विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न गरेको र आउदा दिनहरुमा पनि खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।