सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १३ माघ २०७७ / Tuesday, 26 January 2021

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, संवैधानिक अध्यादेश र पछिल्लो परिस्थितिबारे छलफल


प्रकाशित समय: बुधवार, ०६ : ४३ बजे पुष १ गते



कांग्रेस पदाधिकारी बैठक आज बस्दै, संवैधानिक अध्यादेश र पछिल्लो परिस्थितिबारे छलफल

काठमाडौँ,राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको छ । एक बजे बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन् । 

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताए । 'अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो,' नेता पौडेलले भने ।