सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १३ माघ २०७७ / Tuesday, 26 January 2021

ललितपुरमा सयौं नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश


प्रकाशित समय: आइतवार, १२ : २१ बजे पुष ५ गते



ललितपुरमा सयौं नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

ललितपुर, ललितपुरमा एक दिनै नेकपाका सयौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँंगे्रेस बागमती गाउँपालिका प्युटार इकाई कार्यसमितिले शनिवार आयोजना गरेको नेपाली काँग्रेस अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गरेका नेपाली काँंग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी, नेपाली काँंग्रेस ललितपुर सभापति तथा पूर्व सांसद मदनबहादुर अमात्य,पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, महासमिति सदस्य तथा खेलकुद विभाग सचिव मिनकृष्ण महर्जन लगायतका नेताले उनीहरुलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । 

 

 

पार्टी प्रवेश गर्नेमा भूमिगत भएर माओवादी आन्दोलनमा लागेका ओमप्रसाद तिमिल्सिना ‘आकाश’, २८ वर्षदेखि नेकपामा सक्रिय राजकुमार लामा, नेकपा माओवादीमा आबद्ध अशोक घिमिरे ‘सन्देश’ लगायतका थुप्रै प्रभावशाली र संभावना बोकेका नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुले कम्युनिष्ट सरकारको बोली एउटा र व्यवहार अर्को  भएकाले दिक्क र निराश भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने र सबैलाई समेट्ने पार्टी काँग्रेसमा प्रवेश गरेको बताए । 

केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले काँगे्रस प्रवेश गरेका कार्यकर्ताले बाटो बिराएर लामो समय कम्युनिष्ट पार्टीमा आबद्ध भएपनि अहिले ठीक निर्णय गरेको बताए । जनता र देशप्रति समर्पित भएर काम गर्न आग्रह गर्दै त्यसका लागि पार्टीले सहयोग गर्ने धारणा राखे । 

 

 

नेपाली कांग्रेसका ललितपुर सभापति तथा पूर्व सांसद मदनबहादुर अमात्यले राष्ट्र र राष्ट्रियताको लागि काम गर्न नवप्रवेशीहरुलाई आग्रह गर्दै व्यक्तिको पछि नलाग्न सुझाव दिए । बाटो बिराएर कम्युनिष्ट भएकाहरुलाई काँग्रेसमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै नेता बन्न असल आचारण अत्यावश्यक भएको बताए । 

सहमतिको दस्तावेज संविधानलाई ओली सरकारले खेलौना सम्झिएको बताए । सरकारले संविधान मिचेर काम गरेको बताउँदै यो  राम्रो संकेत नभएको स्पष्ट पारे । 

 

पूर्र्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले नेपाली काँग्रेस लोकतन्त्रप्रेमीको पार्टी भएको बताउँदै बाटो बिराएर कम्युनिष्टमा लागेका कार्यकर्तालाई काँग्रेसमा स्वागत गर्न पाउँदा खुशी लागेको धारणा राखे । उनले वर्तमान सरकार भ्रष्टाचार र झैझगडामा व्यस्त भएर देशलाई बरबादी तर्फ धकेलेको बताए । 

 

 

महासमिति सदस्य तथा खेलकुद विभाग सचिव मिनकृष्ण महर्जनले नेपाली काँग्रेस इतिहास बोकेको पार्टी भएको बताए । द्धन्द्धकालमा काँग्रेस नेता कार्यकर्तालाई भौतिक कारबाही गर्न लागेकालाई नेपाली काँग्रेसमा भित्रियाउन पाएको खुशी लागेको बताए । अन्तर्घात गर्नु अत्यन्तै ठूलो अपराध भएको बताउँदै उनले अन्तर्घातीलाई तह लगाउने जिम्मा आफूलाई दिनु पार्टीलाई अनुरोध गरे । 

 

महासमिति सदस्य ऋषिराम घिमिरे, महाधिवेशन प्रतिनिधिहरु मथुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिर लगायत थुप्रै नेता कार्यकर्ता कार्यक्रममा सहभागी थिए । यसै गरी बागमती गाउँपालिका अध्यक्ष  वीरबहादुर लोप्चान, उपाध्यक्ष रंजना घिमिरेले मन्तव्य राखेका  थिए । 

कार्यक्रममा प्युटार इकाइ सभापति सोना लामाले नेकपाबाट काँग्रेस प्रवेश गरेकालाई स्वागत गर्दै जनता र देशको लागि काम गर्न अनुरोध गरे ।